आँखा छोपी नरोउ भनी भन्नु पर्‍या छ..‍.अंकल, मेरो बाबा कहिले घर आउनुहुन्छ ?’

काठमाडाैं,१७ फागुन:-दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीका १० वर्षीय कान्छो छोरा स्वराज र अध्ययनका सिलसिलामा दिल्लीमा रहेका दाजु विराजको भेट पोखरामा बुबाको अन्तिम श्रद्धाञ्जलीमा भयो।

पितृवियोगको क्षणमा दुवै भाइ अँगालोमा कसिएर धेरैबेर रोएका थिए । विद्यालाई उनका दुई छोराले ढाडस दिइरहेको दृष्य मार्मिक थियो ।

शुक्रबार छोरा आफ्नो आमासामू अभिभावकजसरी प्रस्तुत भए ।

कान्छो छोरा स्वराज बिहीबार उनले हिजो केही भेउ पाउन सकेका थिएनन्, के भइरहेको छ भन्ने छिमेकीलाई सोधिरहेका थिए, ‘अंकल, मेरो बाबा कहिले घर आउनुहुन्छ ?’

फेसबुकबाट तपाईको प्रतिक्रिया