काठमाडौँ, नेपाल सरकारले ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेपछि अध्ययनको लागि विदेश जान तैयार रहेका विद्यार्थीहरु प्रभावित भएका छन् ।
कुनै सल्लाह नै नगरी नो अब्जेक्सन लेटर जारि गर्ने काम बन्द गर्दा विदेश जान तैयार विद्यार्थी र कन्सलटेन्सी आक्रोशित बनेका छन् । जापान बिद्यार्थी पठाउने कन्सल्टेन्सीहरुको एक समुहले शिक्षा मन्त्रालय नोअब्जेक्सन लेटर शाखाका उपसचिब महेश्वर शर्मालाई भेटेर सरकारको निर्णयले आफूहरु निकै मर्कामा परेको र काम ठप्प भएको गुनासो पोखेका छन् ।
यसै बारेमा बोल्दै शर्माले १२ कक्षासम्म स्कुल लेवल नै हुने भएकाले स्कुल लेवलका लागि विश्वविद्यालयमा पढ्न नपठाउने भन्दै मन्त्रालयको निर्देशन अनुसार लेटर दिन रोकेको जवाफ दिएका छन् ।
सरकारको यस निर्णयले अष्ट्रेलियामा डिप्लोमा र सर्टिफिकेट लेभल अध्ययनको लागि जानेहरु मात्र नभई अध्ययन गराउनको लागि कलेज नै स्थापना गरेकाहरुको लगानी समेत धरापमा परेको छ ।
यस विषयमा अष्ट्रेलिया, जापान, मौरिसस लगायत करिब ९ वटा देशका नेपाली दुतावासले त्यहाँका नेपाली बिद्यार्थीहरुमा ‘डिप्रेसन’, ‘फ्रष्टेशन’ र ‘स्ट्रेस’ अत्यधिक भएको भन्दै नेपाली बिद्यार्थी नपठाउँन पत्र पठाएको खुल्न आएको छ ।
श्रोतका अनुसार गर्नु पर्ने काम, हुने कमाई र पढाईका लागि दिनु पर्ने समय जस्ता आवश्यक कुरामा पर्याप्त सूचना विनै विद्यार्थी अष्ट्रेलिया पुगेपछि उनीहरु तनावमा पर्ने गरेको उक्त पत्रमा उल्लेख छ ।
पत्रमा भनिएको छ, ‘ अष्ट्रेलिया आउन चाहने उत्साही विद्यार्थीलाई आवश्यक जानकारी दिनु जरुरी छ । यसका लागि सरकारले उचित संयन्त्र निर्माणका लागि काम गर्नु पर्ने देखिन्छ । ‘
मन्त्रालय श्रोतले बताएका छन्, ‘ एकै पटक रोक्दा अप्ठ्यारो हुन सक्ने भएकाले तत्काललाई डिप्लोमा र सर्टिफिकेट लेभलको लागि विदेश अध्ययनलाई रोक लगाइएको हुन सक्छ । ‘
अष्ट्रेलिया लगायतका नेपाली दुतावासले बिद्यार्थी नपठाउने आशयको पत्र पठाएपछि सरकारले हाललाई डिप्लोमा र सर्टिफिकेट लेभलको लागि मात्र नो अब्जेक्सन लेटर दिनलाई रोक लगाएको छ ।