काठमाडौँ, अमेरिकाको न्युजर्सिस्थित रविसभिलमा विश्वकै ठूलो हिन्दु मन्दिर बनेको छ । लागत १६ करोड डलर र ११ सय ६२ एकड जमिनमा सन २००७ मा बनाउन थालिएको मन्दिरको निर्माण सम्पन्न भएको छ ।
इटालियन मार्वल र भारतको राजस्थानको मार्वल को प्रयोग गरेर निर्माण गरिएको उक्त मन्दिर निर्माणमा २ हजार कलाकारहरु निरन्तर कार्यरत थिए ।
मन्दिरको एउटा हलमा मात्र १ हजार जना बसेर पुजा गर्न सक्ने बनाइएको छ । यस अघि सबै भन्दा ठुलो मन्दिर मिलनाडुको श्रीरंगम रहेको थियो ।