काठमाडौँ, आफ्नी पत्नी सिताको उपचारको लागी पुष्प कमल दहाल ( प्रचण्ड ) हिजो मात्रै अमेरिका पुगेका हुन् । प्रचण्डको साट्न उनकी बिमारी पत्नी र परिवारका केहि सदस्य त्यहाँ पुगेका छन् ।
उनको उक्त भ्रमणलाई लिएर नेपालमा एक प्रकारको आक्रोशित र व्याङ्ग्यात्म्क अवस्था त छँदै छ साथै अमेरिकामा रहेका नेपाली समुदायले पनि सामाजिक संजाल मार्फत आक्रोश पोखी रहेका छन् ।
अमेरिका वसोवास गर्दै आएका नेपाली समुदायलाई वेवास्ता गर्दै अमेरिकालाई गाली गरि भेनेजुएला समर्थको विज्ञप्ति निकालेका प्रचण्ड त्यहि देशमा आफ्नी पत्नीको उपचारको लागी पुग्दा उनि माथि गालीको वर्षा भएको छ ।
गाली गरेकै देशमा औषधि उपचारको लागी किन आउनु पर्ने भन्ने खालका प्रश्नहरु उठेका छन् उनि माथि । अमेरिकामा हाल वसोवास गर्दै आएका नेपालीहरु मध्य माओवादी द्वन्द कालमा पिडित भएका आफ्नो धन-सम्पति, मानव क्षति व्यहोर्नु परेकाहरुको बहुमत रहेको छ ।
उक्त समुदायले मानवअधिकार उलधंनको आरोपमा प्रचण्डलाई अमेरिकामा पक्राउ गरियोस भन्ने चहान्छन् । साथै आफ्नो केहि व्यक्तिगत सम्पति नभएको दाबी गर्ने प्रचण्डसंग अमेरिका लगी श्रीमतीको उपचार गराउने पैशा कताबाट आयो भन्ने प्रश्न पनि उठेको छ ।