काठमाडौँ, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्रीले अब २०८० बाट सुरुङ्ग युग शुरु हुने बताएका छन् । उनले २०७५ देखि २०८० सम्म सडक युग र त्यस पछि सुरुङ्ग युग लाग्ने बताएका हुन् ।
उनले मृत्युमार्गको परिचय बनाएको रुपन्देहीको सिद्धबाबा खण्डमा छिट्टै सुरुङ्ग निओर्मान गर्ने पनि बताएका छन् । उनले भने, अब सिद्धबाबाका बारेमा धेरै गीत गाइरहन पर्दैन । ‘
उनले पहाड फोरेर पनि सडक निर्माणको लागी ढुंगा, गिट्टी, बालुवा उपलब्ध गराउने तर काम रोकिन नदिने बताएका छन् । साथै उनले पुर्व-पश्चिम रेल मार्ग पनि छिट्टै बन्ने दाबी गरेका छन् । उनले गौतम बुद्धको जन्मस्थललाई लुम्बिनी जस्तै स्वच्छ र पवित्र बनाएर पर्यटन प्रवर्धन गर्नु पर्नेमा जोड दिएका छन् ।