आलोक यादव , सिरहा ,फाल्गुन ७ गते । जिल्ला प्रहरी कार्यालय सिरहा मातहत ईलाका प्रहरी टोलीले जिल्ला सिरहा बिषणुपुर गाउँपालिका वडा नम्बर १ स्थितमा चेक जाँच गर्ने क्रममा प्रहरीले निम्न परिमाणको अबैध रुपमा भारतबाट भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको सामान बरामद गरेको छ ।
प्रहरीले करिब १ लाख बराबरको किरणा समान बरामद गरेको छ । मरामद गरिएको समान भन्सार कार्यालय बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपि माधव राज खरेलले जानकारी दिए ।
राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत हेलिकप्टरबाट सुत्केरीको उद्धार
डोल्पा, ७ फागुन : हिमाली जिल्ला डोल्पामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
घरमै सुत्केरी व्यथाले च्यापेपनि सुत्केरी हुन नसकेपछि काइके गाउँपालिका–२ की ४० वर्षीया शान्ति बुढालाई सदरमुकाम दुनैबाट हेलिकप्टरमा उद्धार गरिएको हो । बुढालाई राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उपचारका लागि बाँकेको कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हिमपातले जनजीवन कष्टकर
यसवर्ष छैटौँ पटक भएको हिमपातले जिल्लाका त्रिपुराकोट, छल, पहाडा, करेलीकाँडा, सुँ, जुफाल, दुनैलगायतका स्थानहरु सेताम्य भएका छन् । सोमबार रातभरीको भारी बर्षातपछि आज बिहान लगातार दुइघण्टासम्म भएको हिमपातले जनजीवन कष्टकर बनेको छ ।
हिमपातले जुफाल बिमानस्थल अवरुद्ध भएको छ । धावनमार्गमा बाग्लो हिँउ जमेपछि विमानस्थल अवरुद्ध भएको हो । विमानस्थल अवरुद्ध भएपछि नेपालगञ्जदेखि कुनैपनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणका प्रमुख बालकुमार सिँहले बताउनुभयो ।