अबदेखि हप्ताको दुई दिन मात्र कोभिड-१९ प्रेस ब्रिफिङ हुने

काठमाडौँ १३ कार्तिक । सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोना भाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे  कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए।

दशैँका लागि उक्त ब्रिफिङ ५ दिनसम्म स्थगित गरिएको थियो। अरू बार वेबसाइट र अरू विभिन्न माध्यमबाट सङ्क्रमणको अवस्थाबारे जानकारी दिइने गौतमले बताए।

सरकारले गत चैत ११ गते लकडाउन गरेदेखि दैनिक सवा ४ बजेतिर कोरोना ब्रिफिङ गर्दै आएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया