काठमाडौँ, बिहिबार सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी रहेको पुनर्निर्माण अबको एक वर्षभित्रमा सम्पन्न गर्ने बताएका छन् ।
उनले ट्वीट गरेका छन्, ‘ चार वर्षअघिको विनाशकारी भूकम्पले हामीलाई सुरक्षित आवास र भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको छ । सयौं वर्ष अघिदेखिका संरचना एकैछिनमा ढल्छन् र तिनीहरुको पुनर्निर्माण गर्न वर्षौँ लाग्छ । हामीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउँछौँ । ‘