अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नरहेको भन्दै चार नेताले छाडे राप्रपा

दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले राप्रपाका पार्टी छाडेका छन्।

आज प्रेस विज्ञप्ति जारी गर्दै आजैका मितिदेखि साधारण सदस्यसमेत नरहने गरी राप्रपाका चार नेताले पार्टीबाट अलग भएको भएको उल्लेख गरेका छन्।

उनीहरूले अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नरहेको देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेकोले यो अभियानमा आफूहरू निरन्तर क्रियाशील रहने बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया