अन्तत : पप्पु कन्स्ट्रक्सन कालो सूचीमा अब कुनै आयोजना नपाउने

सिक्टाको सिचाई आयोजनाको सिफारिस अनुसार कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई कुनै पनि टेण्डर प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाइएको छ ।
पप्पुलाई ठेक्का प्रक्रियामा सहभागी गराउँदा विकासमा बाधा अवरोध सिर्जना हुने र त्यसबाट सर्वसाधारण जनताको जीवनस्तरमा समेत नराम्रो असर पर्ने सम्भावना देखिएकोछ ।

मंगलबार कार्यालयले जारी गरेको सूचनामा सिक्टा सीचाई आयोजनाले गरेको उजुरी अध्ययन गर्दा पप्पु कन्स्ट्रक्सनलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी पर्न सक्ने देखिएको उल्लेख छ ।

पप्पुले सन् २०१६ जुन २० मा सिक्टा सिंचाइ आयोजनाको २३ किलोमीटरको डुडुवा शाखा नहर निर्माण गर्ने ठेक्का पाएको थियो । तर, पप्पुले ठेक्का सम्झौता अवधि सकिँदा समेत जम्मा ७ प्रतिशत मात्र काम गरेको आयोजनाले भनेको छ ।

सिक्टाको सिफारिस अनुसार कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई कुनै पनि टेण्डर प्रक्रियामा भाग लिन नपाउने गरी कालो सूचीमा राखीएक हो । कालो सूचीबाट नहटे सम्म कुनै पनि आयोजना पाउने छेन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया