सुनको पेस्ट बनाएर अन्डरवेयरमा लुकाएर ल्याएका एकजना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा राहदानी नम्बर एम ४९५०८९५ भएका ४२ वर्षीय यूसुफ हारोन छन् ।
उनको साथबाट अवैध रूपामा भन्सार छलेर लैजान लागेको १ किलो ६ सय १० ग्राम सुन जस्तो देखिन पहेँलो धातु बरामद गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराइले रातोपाटीलाई बताए ।
फ्लाई दुबईको उडानद्वारा दुवईबाट काठमाडौं आएका उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्दा सुन जस्तो बस्तु भेटिएको थियो । भित्री वस्त्रमा प्लाष्टिकभित्र लुकाएर ल्याएको सो धातु परीक्षण गर्न ल्यावमा पठाइने भन्सार प्रमुख भट्टराइले जानकारी दिए ।