अनियमित रजस्वला हुन्छ ? उपेक्षा नगरौँ सर्भाइकल क्यान्सरको संकेत हुन सक्छ, जान्नुहोस् यसका १० लक्षण !

फाइल फोटो

एजेन्सी, आजकल अधिकदर महिलाहरु सर्भाइकल क्यान्सरका शिकार भैरहेका छन् । महिलाहरुको गर्भाशयको सबै भन्दा तल्लो भागमा सर्भिक्स हुन्छ । यसै सर्भिक्समा हुने क्यान्सरलाई सर्भाइकल क्यान्सर भनिन्छ । ३०/४० बर्षको उमेर पश्चात जब महिलाहरुमा अनियमित रजस्वला हुन्छ या धेरै रगत आउँछ तब यसलाई सामान्य सोचेर उपेक्षा गरिन्छ । तर यो सर्भाइकल क्यान्सरको शुरुवाती संकेत हुन सक्छ । यो एक खतरनाक क्यान्सर हो किनकी सर्भाइकलबाट फैलँदै यो क्यान्सर लिभर, ब्ल्याडर, योनी, फोक्सो र मृगौला सम्म पुग्दछ । यद्यपी यो क्यान्सर बिस्तारै बढ्दछ तर केहि शुरुवाती लक्षणबाट यसको पत्ता लगाउन सकिन्छ ।

सर्भाइकल क्यान्सरका १० सामान्य लक्षण 

  • रजस्वला अनियमित हुनु,
  • रजस्वलाको समयमा सामान्य भन्दा अधिक रगत बग्नु,
  • सेतो पदार्थ आउनु,
  • शारीरिक सम्बन्ध पश्चात रगत आउनु,
  • पेटको तल्लो भागमा दुख्नु या सुन्निनु,
  • पटक-पटक पिसाब लाग्नु,
  • अधिक थकान महशुस हुनु,
  • प्राय हल्का ज्वोरो आईरहनु,
  • भोक नलाग्न या निकै कम खाना रुच्नु,
  • मुटुमा जलन हुनु, दिशा लागी रहनु आदी ।

यो जानेर समयमै उपचार गराइहल्नु नै उचित हुन्छ । सानो समस्यालाई पनि उपेक्षा नगरी तत्काल उपचार गरे ठुलो रोगबाट बच्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया