अनमोलको बडीगार्ड मोह : बाउ एक्लै, छोरा ४ ओटा बडीगार्डको साथमा

जगदिश गिरी /पब्लिक अवाज 

भीआईपी व्यक्तिले सुरक्षालाई ध्यानमा राखेर बडीगार्ड राख्ने गर्दछन् । पछिल्लो समय वलिउड, हलिउडका निकै चर्चित कलाकारहरुले पनि साथमा बडीगार्ड राख्ने गरेका छन् । उनिहरुकै सिको गर्दै एकआत नेपाली कलाकारले पनि बडीगार्ड राख्न थालेका छन् । भारतमा समेत केहि सिमित सेलिब्रेटीले मात्र बडीगार्ड राख्ने गरेको छन् । प्राय जसो ति कलाकारहरु बडीगाडको साथमा देखिन्छन् ।

वलिउडका सलमान खान , शाहरुख खान , अमिर खान, अमिताभ बच्चन, दिपीका पादुकोण, प्रिंयका चोपडा लगायतका अन्य केहि कलाकरले बडीगार्ड साथमा लिएर हिड्ने गरेका छन् । करोडौं प्रशंसक भएका यी कलाकारको बडीगार्ड आवश्यकता पनि हो । तर पनि यी कलाकारले कतिपय ठाउँ बिना बडीगार्ड पनि गएका हुन्छन् । बेलाबखतमा आउने धम्कीका र भीड बाट बाँच्न बडीगार्डमा वार्षीक करोडौं खर्च गर्नु परेको यी कलाकारको धारण छ । पछिल्लो समय नेपालमा पनि केही कलाकारले सोखको लागि भए पनि बडीगार्ड भिरेर हिडेको देख्न सकिन्छ ।

अरु बेला बडीगार्ड नभए पनि पत्रकार सम्मेलन लगायत अन्य अवार्ड कार्यक्रममा पुग्दा ४ जना बडीगार्ड साथमा लिएर आउने एक मात्र कलाकार हुन अनमोल केसी । उनि पछिल्लो समय कुनै पनि कार्यक्रममा सहभागी हुँदा बडीगार्ड साथमा लिएर आउने गरेका छन् । केहि दिन अगाडि कामाना मासिकले आयोजना गरेको अवार्ड कार्यक्रममा उनि बडीगार्डको साथमा आए पछि निकै आलोचित बनेका थिए । कलाकार र पत्रकार मात्रै भएको ठाउँमा बडीगार्ड सहित अनमोल मात्र आएका थिए । उनलाई कामानाले अयोजना गरेको कार्यक्रम स्थल सुरक्षित लागेन ।

त्यस कार्यक्रममा चर्चित नायक प्रदीप खडका नायिका केकी अधिकारी ,झरना थापा , लगायतका अन्य कलाकार एक्लै उपस्थित भएका थिए । महानायक राजेश हमाल कहिले पनि बडीगार्ड साथमा लिएर हिडेका देखिदैनन् । यहाँ सम्म की अनमोलकै बुवा सदाबहार नायककोे उपमा पाएका भुवन केसी पनि बिना बडीगार्ड हिड्ने गरेका छन् । अन्य कलाकार बिना बडिगार्ड पनि सुरक्षित भइरहदा अनमोललाई मात्र सुरक्षा खतरा ? बडीगार्ड अवश्यकता हुनु पर्नेमा सोख भएको छ अनमोलको । आफ्नो चलचित्रको पारिश्रमिकले महिना धान्न मुस्किल पर्ने कलाकारले बडीगार्ड साथमा भिरेर हिड्ेको देख्दा मुख छोपेरै भए पनि नहाँस्ने को होला र ? पछिल्लो समय प्रदर्शन भएको “कृ” चलचित्रको औसत व्यापारको नमिठो स्वाद चाखेका अनमोलको नयाँ चलचित्र क्याप्टेन प्रदर्शनको क्रममा रहेको छ ।

फागुन १७ गते प्रदर्शन मिति तोकिएको क्याप्टेनको “रहर छ संगै हुने तिमी संग” बोलको गीत बिहिबार युट्युव मार्फत सार्वजनिक गरिएको छ । उक्त गीतको रिलिज कार्यक्रमा पुग्दा पनि अनमोल ४ बडीगार्डको साथमा देखिए । उनि सवार गाडी बाट उत्रेर एक जनाले सञ्चार सेट मुख नजिक लगाउदै सुरक्षा अवस्था बारे कुरा गरेको दृष्य साच्चिकै हेर्न लायक थियो । दुई नायिका साथमा ४ बडीगार्ड सहित कार्यक्रम स्थल पुगेका अनमोल भन्दा पहिला उनका बुवा भुवन केसी बिना बडीगार्ड एक्लै कार्यक्रम स्थल पुगि सकेका थिए ।

सदाबहार नायक भुवन केसीले कुनै खतरा महसुस नगरेको त्यो ठाउँमा अनमोल भने बडीगार्डको साथमा इन्ट्री गरे । बडीगार्ड साथमा लिएर हिड्नु नराम्रो हैन् । तर, स्थान र अवस्था बारे अध्यन नगरेर देखाउनकै लागि एक छिन्का बडीगार्ड लिएर आउँदा बेलाबेला केसी अलोचनाका शिकार समेत भएका छन् । अभिनयमा औसत अनमोलले बडीगार्ड भन्दा , अभिनयमा सोख राखे उपयुक्त हुन्थ्यो की ?

फेसबुकबाट तपाईको प्रतिक्रिया