जगदिश गिरी/ पब्लिक आवाज
बडिगार्ड साथमा लिएर हिन्ने क्षमता र आवश्यकता नेपाली कलाकार लाई छैन्, भन्दा फरक नपर्ला । बाहिर जति लाखका कुरा उडाए पनि एक फिल्मको २ लाख पारिश्रमिक पनि किस्ताकिस्ता गरेर पाउँने धेरै चर्चित कलाकारको कहालीलाग्दो व्यथा जगजाहेर छ । केहि समय पहिला सायद २ फिल्मकी नायिका स्यारोन श्रेष्ठले निर्माता सुनिल रावल संग बिवाद भए पछि आफ्नो पारिश्रमिकको राज खोलीन उनले सो फिल्म गरे वाफत जम्मा ५० हजार पाएँकी रहेछिन् ।
त्यो पनि ४ ओटा किस्तामा तर चलचित्र छायाँकन पूर्व उनले पनि आफ्नो पारिश्रमिक चलेका नायिका भन्दा कम नरहेको बताएकी थिइन । यस कुराले प्रस्टहुन्छ की वास्तविक परारिश्रमिक कति हुन्छ । नेपाली कलाकारले बाहिर जति फुके पनि पाउने पारिश्रमिक थोरै हुन्छ । पछिल्लो समय धेरै पारिश्रमिक लिएर चर्चामा आएका अनमोल केसीको रकम सुन्दा पनि निद्रा लागेर आउँछ ।
उनले पछिल्लो सयम ५० लाख पारिश्रमिक लिएर “ए मेरो हजुर ३” मा अनुवन्धित भएको खबर यस्तो चिसो मौसममा पनि तातो नै छ । वर्षमा एक मात्र चलचित्रमा आभिनय गर्ने अनमोल यति बेला बडिगार्ड साथमा लिएर हिन्न थाले पछि फेरी चर्चा संगै आलोचित पनि बनेका छन् । कामाना मासिकले काठमाडौंमा आयोजना गरेको कामाना फिल्म अवार्ड २०७५ मा उनी ४ ओटा बडिगार्डको साथमा कार्यक्रम स्थल पुगेका थिए ।
कार्यक्रम स्थलमा न त कुनै सुरक्षा खतरा नै थियो न त प्रशंसकहरुको तछाडमछाडनै । सबै कलाकार पत्रकार भएको कार्यक्रममा उनका प्रतिद्वन्द्वी मानिएका नायक प्रदीप खड्का भने एक्लै लुखुरलुखुर मुस्कुराउदै उपस्थित भएका थिए भने अन्य चर्चित कलाकार पनि बिना बडिगार्ड आए,गए । हुन त केहि समय पहिला नायक प्रदीप खडकालाई पनि स्ट्याडमको मात नचढेको भने होइन । उनी लिलिवीलीको धोषणा कार्यक्रममा वडिगार्ड सहित इन्ट्री गरेका थिए तर उनको यो इन्ट्रीलाई दशर्कले नराम्रो संग पछारिदिए ।
आजकाल प्रदीपलाई बडिगार्ड शब्द सुने मात्रै पनि ज्वरो आउने गर्दछ । कलाकारहरुले सुरक्षाको लागि बडिगार्ड राख्नु हुदैन भन्ने होईन तर अवस्था र स्थितिलाई ध्यान दिन आवस्यक छ । ४ अंगरक्षक साथमा भिरेका अनमोल वर्षको एक फिल्म मात्रै गर्छन् । पछिल्लो समय प्रदर्शनमा आएको उनको चलचित्र हो “कृ” उक्त चलचित्रको व्यापार निराशाजनक रह्यो । सुवास गिरी र भुवन केसीले मिलेर बनाएको ‘कृ’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।
त्यस चलचित्रबाट उनले २५ लाख लिएको चर्चाले त्यतिबेला पनि माहोल तातेको थियो । उनले त्यो पारिश्रमिक लिए लिएनन दैव नै जानुन् । तर ,४ ओटा वडिगार्डलाई मासिक कम्तिमा २५ हजार तलव दिए पनि १ लाख हुन आउँछ । भने, वार्षीक १२ लाख अन्य खर्चको हिसाव किताव के कति लेखिराख्नु परेन । आफ्नै खर्च धान्न मुस्किल हुने नेपाली कलाकारले ४/ ५ बडिगार्ड लिए हिन्दा नहाँस्ने को होला र ?