एजेन्सी, हामी सबैलाई थाहै छ कि अधुवा स्वास्थ्यको लागी निकै लाभदायक हुन्छ । अधुवामा आवश्यक पौष्टिक तत्व रहेको हुन्छ । अधुवामा रहेको एन्टी-ब्याक्टेरियल र एन्टी-अक्सिडेन्ट गुणले रुगा-खोकीलाई निकै आराम दिन्छ । स्वास्थ्यको साथ साथै अधुवा छाला र कपालको लागी पनि निकै लाभदायक हुन्छ । अधुवाको प्रयोगले छाला र कपाललाई ड्यामेज हुनबाट बचाउँछ । तर के तपाइँलाई यो थाहा छ कि अधुवाको साथ साथै अधुवाको तेल पनि निकै लाभदायक हुन्छ । यसले स्वास्थ्य सम्बन्धि निकै समस्याहरुमा फाइदा पुर्याउँछ । स्वस्थ रहन र इम्युनिटी पावरलाई बलियो बनाउनको लागी पनि अधुवाको तेलको सेवन गर्न सकिन्छ ।
यि हुन् अधुवाको तेलका फाइदाहरु :
दुखाई कम गर्न मद्दत गर्दछ
अधुवाको तेलको निकै ठुलो फाइदा माम्स्पेशी र जोर्नीको दुखाईलाई ठिक गर्नु हो । अधुवाको तेलले शरीरको सुन्नाइलाई कम गर्न मद्दत गर्दछ । यस तेलको प्रयोगले शरीरको माम्स्पेशी र जोर्नीको दुखाईबाट आराम पाउन सकिन्छ । यदि तपाइँ पनि जोर्नी र माम्स्पेशीको दुखाईबाट हैरान हुनुहुन्छ भने अधुवाको तेलको प्रयोग गर्न सक्नु हुन्छ ।
स्वास-प्रस्वासको समस्यामा लाभदायक
स्वास-प्रस्वास सम्बन्धि बिमारीमा पनि अधुवा निकै लाभदायक हुन्छ । अधुवाले घाँटी र नाकलाई सफा गर्दछ र साथै रुगा-खोकीबाट आराम पनि दिन्छ । यस्तै स्वास-प्रस्वास सम्बन्धि बिमारीबाट आराम पाउनको लागि तपाइँले अधुवाको तेलको प्रयोग गर्न सक्नु हुन्छ ।
पाचन प्रणालीमा मद्दत
अधुवाको तेलको सेवनले पाचन प्रणाली राम्रो हुन्छ । अझ भन्ने हो भने खानाको स्वाद बढाउनको निम्ति अधुवाको तेलको प्रयोग गरिन्छ र साथै यसले पाचन प्रणालीमा पनि मद्दत गरिरहेको हुन्छ ।
ब्लड शुगर लेभेलमा नियन्त्रण
अधुवाले ब्लड शुगर लेभेललाई कम गर्न मद्दत गर्दछ । यसमा एन्टी डायबेटिक गुणहरु हुन्छन् जसले मुटु सम्बन्धि बिमारीहरुलाई टाढा राख्दछ । यदि तपाइँ पनि मुटुको बिमारी हुनुहुन्छ भने यसको प्रयोग गर्नु निकै लाभदायक हुन्छ ।
कोलेस्ट्रोल कम गर्दछ
कोलेस्ट्रोलले मुटुलाई हानी पुर्याउँदछ र अधुवाले कोलेस्ट्रोल लेभेललाई कम गर्न मद्दत गर्दछ । यसरी यो मुटु सम्बन्धि बिमारीको लागि पनि निकै लाभदायक हुन्छ ।