अधिकृत कुट्ने २ महिला पक्राउ !

फाइल फोटो

काठमाडौँ, रौतहट राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलमाथि हातपात गरेको आरोपमा प्रहरीले २ महिलालाई पक्राउ गरि नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा गौर नगरपालिका–४, पुरेनवाकी अम्बिया खातुन र सोनापति साह रहेका छन् । उनीहरुले सिग्देललाई उनको कार्यकक्षमै हातपात गरेको आरोप छ ।

प्रशासकीय अधिकृत सिग्देलका अनुसार महिलाहरुको लागी छुट्याइएको रकमबारे सोधपुछ गर्न भन्दै आएका उनीहरुले उनीमाथि कुटपिट गरेका हुन् ।

आफूलाई हटाउन सुनियोजित रुपमा आक्रमण भएको उनले दाबी गरेका छन् । प्रशासकीय अधिकृतको उजुरीपछि दुई महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता डीएसपी नवीन कार्कीले जानकारी दिएका छन् ।

घटनामा अन्य व्यक्ति पनि संलगन भएको र उनीहरुको पनि खोजी कार्य भइरहेको प्रवक्ता डीएसपी नवीन कार्कीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया