अधिकारी पत्नी विद्यालाई नेताहरूको आग्रह, शोकलाई शक्तिमा बदल्दै उम्मेदवारका लागि तयार हुनुहोस्

१६ फागुन, काठमाडौं:पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको टोली चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाने क्रममा AS350 हेलिकोप्टर दुर्घटनामा, पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको निधन भएको थियो । खराब मौसमका कारण अधिकारीसहितको शव ताप्लेजुङबाट काठमाण्डौ ल्याउन ढिलाई भैरहेको छ।

निधनप्रति बिभिन्न नेता तथा समकक्षिहरुले गहिरो दुःख व्यक्त गर्दै धर्मपत्नी विद्या भट्टराई लाई शोकलाई शक्तिमा बदल्न आग्रह गरेका छन्।बुधबार बेलुका मन्त्री निवास पुल्चोक पुगेर नेताहरूले परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै अधिकारी पत्नी विद्यालाई शोकलाई शक्तिमा बदल्दै उम्मेदवारी दिन आग्रह गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलिले शोकलाई शक्तिमा बदल्दै रवीन्द्रको निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा उम्मेदवारी दिनसमेत आग्रह गरेका थिए।

प्रधानमन्त्री शर्मा ओलिले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्र-शोक सम्झिँदै विद्यालाई समालिन आग्रह गरेका हुन्। ।
प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत मन्त्रिपरिषद्का सदस्यले पनि अधिकारीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका थिए।

शवहरू काठमाडौं ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने छ । श्रद्धाञ्जलीपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने छ । स्रोतका अनुसार मन्त्री अधिकारीको शव गृहजिल्ला कास्की लगिने पनि जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया