अझै सक्रिय भएन मनसुन, के भन्छन् त मौसमविद ?

काठमाडौँ, सामान्य समय भन्दा १० दिन ढिलो गरि शुरु भएको मौसमले असरको चौथो हप्ता टेक्न आँटी सक्दा पनि अझै सक्रिय रुप भने लिन सकेको छैन ।

असरको ५ गतेबाट नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन सक्रिय हुन नसक्दा अझै सम्म पनि राम्रो वर्षा भैरहेको छैन । यसको मार भने सिधै किसानलाई परेको छ । असार महिना सकिन आँट्दा पनि किसनले धान रोप्न पाइरहेका छैनन् । मौसममा केही फेरबदल भएता पनि पर्याप्त मात्रामा वर्षा नहुँदा किसान अन्योलमा छन् ।

मनसुनको अवस्था निकै कम्जोर भएको बताउँदै महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले भने, ‘ नेपालमा मनसुन भित्रिए पनि सुरुवाती दिनहरुबाटै कमजोर छ । न्यूनचापीय रेखा मध्य भारततिर रहेकाले नेपालमा मनसुन कमजोर भएको हो । ‘

उनका अनुसार अनुसार मनसुनी वर्षा ठूलो क्षेत्र ओगटेर हुने गर्छ । भारतको मध्यतिर रहेको न्यूनचापीय रेखा विस्तारै माथितिर सर्ने र नेपालतर्फ आएपछि मात्र नेपालमा मनसुनी वर्षा सक्रिय हुने र यसको निम्ति अझै केही दिन लाग्ने माैसमविद्हरुको भनाइ छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया