अखण्ड नेपाल स्वीकार गर्दै सि, के. रावत, यसरी भयो यो सम्भव !

काठमाडौँ, हिजो मात्र सर्वोच्च आदालतले थुना मुक्त गर्ने आदेश दिएका सि. के. रावत आज अखण्ड नेपाल स्वीकार गर्ने भएका छन् । पटक-पटक पक्राउ पर्दै र छुट्दै आएका सिके राउत २१ असोजमा नियमित पेशी बुझ्न चार वर्षीया छोरीलाई लिएर जिल्ला अदालत रौतहट पुगेर फर्कने क्रममा पक्राउ परेर ५ महिना जेल परे पश्चात हिजो बिहिबार सर्वोच्चको आदेशमा रिहा भएका हुन् ।

हिजो मात्र छुटेका रावत अचानक रिहा हुनु बारेको रहस्य तब खुल्यो जब उनि स्वतन्त्र मधेस अभियान त्यागेर अखण्ड नेपाल स्वीकार गर्ने भए । स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले भित्र भित्रै सरकारसंग वार्ता गरेर आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भए । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट विशेष सम्बोधन गर्दै उक्त कुराको घोसणा गरे ।

अचानक रावतको सोचमा आएको बद्लाभले सबैलाई चकित बनाएको छ । भित्र भित्रै सरकारसंग वार्ता गरेर उनले यो निर्णय गरेका रहेछन् । यस ‘राजनीतिक सहमति’को पहल प्रधानमंत्री स्वयम्ले गरेका हुन् । यो निकै कम समयको ‘राजनीतिक सहमति’ हो ।यो मात्र १५/२० दिनको उपलब्धी हो । अब बाँकी रहस्य अझै खुल्दै जालान् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया