अईफा अवार्ड नेपालमा नहुने !

काठमाडौँ, असार ८ गतेको मन्त्रिपरिषद बैठकबाट सरकारले भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो ।

काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको उक्त अवार्ड आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी विरोध पश्चात उक्त अवार्ड कार्यक्रम नेपालमा नगरिने भएको हो ।

यसवर्षको इन्टरनेशनल इन्डियन फिल्म अवार्ड (आईफा) नेपालमा नहुने पुष्टि गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने, ‘ यो वर्ष नहुने नै भयो, अब एक/दुई वर्षपछि पूर्वाधारमा हामी सक्षम भयौं भने पुन: आयोजनाको सम्भावना रहन्छ । ‘

यस बारे नेपाली नागरिकले तिरेको करबाट अनुदान दिन नहुने भन्दै विरोध भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया