युक्रेनलाई बर्बादीको संघारमा पार्दै रूसले ओडेसा एयरपोर्ट उडाइदियो,

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धको आज ६७ औं दिन हो । यस युद्धले निम्त्याएको विनाशले युक्रेनलाई बर्बादीको संघारमा पुर्‍याएको छ। तर, युक्रेन ब्याकफुटमा आउन तयार छैन ।

पछिल्लो रिपोर्ट अनुसार रुसले ओडेसा एयरपोर्ट ध्वस्त पारेको छ । ओडेसाका क्षेत्रीय गभर्नरले रुसको कब्जामा रहेको क्रिमियाबाट रकेट प्रहार गरिएको बताए । यसमा कोही घाइते भएको खबर छैन । यसै क्रममा युक्रेनले रुसी सेनाले ओडेसामा धावनमार्गको उडाएको बदला लिएको छ । युक्रेनले रुसका दुई सुखोई र ७ वटा युएभी लडाकू विमान खसालेको छ ।

रुस र युक्रेनबीचको युद्धको बीचमा अमेरिकासँगै युरोपेली देशहरू पनि युक्रेनलाई सहयोग गर्न खुलेर अगाडि आएका छन् । नर्वेले युक्रेनलाई मिस्ट्राल एन्टी एयरक्राफ्ट मिसाइल प्रणाली दिएको छ । योसँगै डेनमार्कले पनि युक्रेनलाई ठूलो संख्यामा हतियार दिने योजना बनाएको छ ।

डेनिस मिडिया समूह ओएलएफआईको रिपोर्ट अनुसार डेनमार्कले युक्रेनलाई दर्जनौं बख्तरबंद गाडी र मोर्टार दिने भएको छ । डेनिस पक्षबाट युक्रेनले २५ पिरान्हा–३ बख्तरबंद गाडी, ५० एम–११३ बख्तरबंद सवारीसाधन र एम–१० मोर्टारसहित हजारौं गोला प्राप्त गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया