काठमाडौँ, १२ मङ्सिर / हिउँदेयाम लागेसँगै मुलुकमा आ’गलागीका घ’टना बढ्न थालेको छ । राष्ट्रिय वि’पद् जो’खिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै विभिन्न नौ जिल्लामा आ’गलगीका घ’टना भएको छ । उक्त घ’ट्नामा परी झण्डै रु एक करोड बराबरको क्ष’ति भएको प्राधिकरणका प्रवक्ता जनार्दन गौमतले जानकारी दिनुभयो । प्राप्त जानकारीअनुसार पछिल्लो २४ घण्टामा सोलुखुम्बु, दाङ, तेह्रथुम, कञ्चनपुर, मुगु, ललितपुर, धनुषा, धनकुटार र महोत्तरीमा आ’गलागीका घ’टना भएको छ ।
त्यसमध्ये सोलुखुम्बुमा पढ्ने क्रममा आ’गलागी हुँदा एक बालिका घा’इते नै भएकी छिन् । केही ठाउँमा ग्यास चु’हिएर त केही स्थानमा विद्युत्् चु’हिएर आ’गलागी भएको छ भने कतिपय स्थामा चुलोबाट आ’गो सल्किएको छ । दाङमा भने ट्रकमा विद्युत्को तारले छोएर आ’गलागी भएको र झण्डै रु ७० लाखको क्ष’ति भएको जनाइएको छ । तेह्रथुमको आठराइस्थित एक घरमा आ’गलागी हुँदा रु १५ लाखको क्ष’ति भएको जनाइएको छ । कञ्चनपुरको एक लुगा सिउने पसलमा आ’गलागी हुँदा रु चार लाखको क्ष’ति भएको जनाइएको छ ।
प्राधिकरणका प्रवक्ता गौतमले आ’गलागीका घ’टना बढ्न थालेकाले आगोमा काम गर्दा र आगोले टिप्ने सामग्रीको व्यवस्थापनमा विशेष ख्याल गर्न अनुरोध गर्नुभएको छ । उहाँले विद्युत्ीय सामग्री र ग्यासको सावधानीमा ध्यान दिनसमेत सर्वसाधारणसँग अनुरोध गर्नुभयो ।
यसअघि बिहीबार पनि काठमाडौँसहित विभिन्न सात जिल्लामा आ’गलागीका घ’टना भएको थियो । बुधबार चार जिल्लामा आ’गलागीका घ’टना भएको प्राधिकरणले जनाएको छ । गौतमले मुलुकमा भौतिक क्षति र घटना सङ्ख्याका हिसाबले सबैभन्दा बढी आगलागीका घ’टना बढी हुने गरेको बताउनुभयो । अहिले प्राधिकरणले घ’टना न्यूनीकरणका लागि आवश्यक तयारमिा लाग्न जिल्लाजिल्लामा निर्देशन सर्कुलरसमेत गरिसकेको जानकारी दिनुभयो ।
गत वैशाख यता मात्रै एक हजार ४३ आगलागीका घ’टना भएको प्राधिकरणको अभिलेख छ । उक्त आ’गलागीमा परी २० जनाको मृ’त्यु भएको र १८६ जना घा’इते भएका छन् भने ४६७ पशुचौपाया क्ष’ति भएको छ । यो बीचमा आगलागीबाट रु ८४ करोड ११ लाखको आर्थिक क्ष’ति भएको जनाइएको छ ।







