गुठी विधेयक फिर्ता नभए काठमाडौँवासीको आन्दोलनले कहाँ पुर्याउँछ भन्न सकिन्न : भीमसेन दास प्रधान !

फाइल फोटो

काठमाडौँ, बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले गुठीसम्बन्धी विधेयक संबिधानको विपरित रहेको हुँदा तत्काल फिर्ता गर्न नाग राखेका छन् ।

साथी उनले अन्य सरकारले संविधानविपरीत ल्याएका विधेयक विरुद्ध प्रत्येक दिन काठमाडौँमा प्रदर्शन भैरहेकोले समयमै सच्याईहाल्न चेतावनी दिएका छन् ।

उनले भने, ‘ विधेयक तुरुन्तै फिर्ता गरी सरोकारवालासँगको सहमतिमा संशोधन भएन भने आन्दोलन चर्किन्छ र त्यो आन्दोलनले कहाँ पुर्‍याउँछ भन्न सकिन्न । हेक्का राख्नुहोस्, अहिले केपी शर्मा ओलीको सरकार ढल्ने भन्ने चिन्ता होइन, संविधानप्रतिको चिन्ता हो । ‘

उनले सरकारले गुठीसम्बन्धी विधेयक मार्फत ऐतिहासिक, पुरातात्विक महत्त्व, धर्म, संस्कृति र सम्पदामाथि धावा बोल्न खोजेको आरोप लगाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया