काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशन गर्न लागेको छ ।नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै कार्यालयले नतिजा विवरण कसरी हेर्ने भनी सूचनासमेत जारी गरिसकेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठीमी भक्तपुरले कुनै प्राविधिक त्रृटि नभए माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल आजै सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक विष्णु अधिकारीले नतिजा प्रकाशनको तयारी स्वरुप आज अपरान्ह एक बजे बोर्ड बैठक बोलाइएको जानकारी दिनुभयो । कुनै प्राविधिक त्रृटि देखिए आजै नतिजा सार्वजनिक भइसक्ने उहाँको भनाई छ ।
कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै वेवसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नजिता हर्ने सकिने जानकारी गराएको छ ।२०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। यो समाचार नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।
यसरी हेर्न सकिन्छ नतिजा
एसइईको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट थाहा पाउन परीक्षा नियन्त्रण कार्यालयले शिक्षा मन्त्रालयको वेबसाइट www.moest.gov.np, शिक्षा तथा मानवस्रोत विकास केन्द्रको वेबसाइट www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np बाट नतिजा हेर्न सकिने जनाएको छ । यस्तै, नेपाल टेलिकमका ग्राहकले १६०० डायल गरी वा एनसेल र टेलिकम दुवैका ग्राहकले १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिन्छ ।







