कैलाली-कंचनपुर आँधीमा २ को मृत्यु, घाइतेको संख्या १०० नाघ्यो !

काठमाडौँ, कैलालीमा बिहिबार बेलुका आएको भिषण हावाहुरीबाट २ जनाको मृत्यु भएको छ । हावाहुरीको कारण मृत्यु हुने टीकापुर नगरपालिका-२ राजीपुरका ५१ वर्षीय लहानु चौधरी र गोदावरी नगरपालिका माझगाउँका वीरबहादुर चौधरी रहेका छन् ।

हावाहुरीले थुप्रै घरका छाना उडाउनुका साथै १०० भन्दा बढी मानिस घाइते भएका छन् । घाइतेको विभिन्न स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार हावाहुरीले टीकापुर नगरपालिकाको विजयनगर, शक्तिनगर, एकतापुरलगायतका सुकुम्बासी बस्तीका सयौं घरको छाना उडाएको छ ।

घाइते मध्य केहीको अवस्था निकै गम्भीर रहेको छ । आँधीकै कारण अनियन्त्रित भएका टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकका रुपमा रहेका वीरबहादुर चाैधरीकाे मृत्यु भएको हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया