मालपोत कर्मचारीको मिलेमत्तोमा राजमार्गको सार्वजनिक पिच सडक नै बिक्रि !

काठमाडौँ, काभ्रेपलान्चोकको लिखेल नगरपालिका वडा नम्बर ४ मामालपोतका कर्मचारीको मिलोमतोमा एक व्यक्तिले सार्वजनिक पिच सडक नै बेचिदिएका छन् ।

अरनिको राजमार्गदेखि काठमाडौं विश्वविद्यालय जाने मार्गको तीन आना सडक खण्ड स्थानीय मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा बेचिएको प्रस्ट देखिँदा पनि दोषी भने अझै पक्राउ परेका छैनन् । तर ३ बिक्रेताहरुलाई भने पक्राउ गरिएको छ ।

क्रेताहरूले नक्सामा देखाइएको जग्गा सार्वजनिक सडक रहेको र विक्रेताले २२ लाख रुपियाँ ठगेको थाहा पाए पश्चात प्रहरी कहाँ उजुरी गरेका थिए ।

अनुसन्धान अधिकृत जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दीपक रायले भने, ‘ सडक बिक्री गरेको उजुरी आएलगत्तै बिक्री गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको छ । प्रारम्भिक अनुसन्धानले मालपोत कार्यालयका कर्मचारीहरूको मिलेमतोमा उक्त सडक बिक्री भएको देखिएको छ । ‘

यस समाचार नेपाल समाचारपत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ । घर बाटो प्रमाणित गरेको सिफारिसकै आधारमा २०७१ असार २ गते मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जग्गा पास गरिदिएको छ । उक्त सिफारिस पत्रको आधारमा २०७१ असार १२ गते ज्ञानबहादुर मोक्तान र लोकेन्द्र तोला·े मिजारले जग्गा खरिद गरेका थिए ।

साविक काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर ३ ९क० को कित्ता नम्बर ६५२ को तीन आना जग्गा पटक–पटक खरिद–बिक्री भएको देखिन्छ ।

२०७३ वैशाख ७ गते ६ लाख ५० हजार मूल्य राखी पुरानै सिफारिसका आधारमा दोस्रोपटक ज्ञानबहादुर मोक्तान र लोकेन्द्र तोला·े मिजारबाट भक्तपुर १७ घर भएकी मीना भैलले खरिद गरिन् । सोही सिफारिसको आधारमा मिना भैलबाट २०७५ साल असोज ५ गते कृष्णराम दुवाल, लक्ष्मीप्रसाद प्रजापति र प्रवीण बाटीले २२ लाखमा खरिद गरे ।

उनीहरुले मालपोत कार्यालयमा ४८ हजार राजस्व बुझाउँदै ५ हजार रुपियाँ लिखतमार्फत खर्च गरेका थिए । वडा अध्यक्ष रवीन्द्र कर्माचार्यले साविक धुलिखेल नगरपालिका वडा नम्बर ४ मा पटक–पटक सिफारिस लिन गएपछि सडकको सिफारिस हुन नसक्ने बताए पश्चात उनीहरूले पुरानै सिफारिसका आधारमा मालपोत कार्यालय काभ्रेका कर्मचारीहरूको मिलेमतोमा जग्गा बिक्री गरेका थिए ।

उनीहरूले प्रहरीलाई दिएको उजुरीमा राजमार्गको पिच सडककै छेउमा २२ लाख रुपियाँमा जग्गा फेला परेको भन्दै खरिद गरेको उल्लेख छ । उजुरीमा भनिएको छ, ‘ नक्कली ट्रेस नक्सा बनाएर अरूको जग्गा देखाई विश्वास दिलाएर पिच सडक बिक्री गरेछन् । जग्गा बिक्री गर्ने मीना भैल, धुलिखेल नपा–७ बखुण्डोलका लोकेन्द्र तोला·े र उनकी श्रीमती सोनु तोला·े रहेका छन् । ‘

 

फेसबुकबाट तपाईको प्रतिक्रिया