काठमाडौँ, धादिङ्गमा एक १४ बर्षीय बालक झुण्डिएको अवस्थामा फेला परेका छन् । ज्वालामुखी गाउँपालिका- ४ ढोलाका सुनिल परियार आफ्नै घर नजिकैको रुखमा झुण्डीएको अवस्थामा भेटिएका हुन् ।
स्थानियले परियारलाई यस्तो अवस्थामा देखे पछि प्रहरीलाई खबर गरेका थिए । परियारको शव पोस्टमार्टमको लागी जिल्ला अस्पताल धादिङ लगिएको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डीएसपी रुपक खड्काले जानकारी दिएका छन् ।
अनुसन्धानमा घटनास्थल आसपास सुसाइड नोट फेला परेको बुझिएको छ । त्यस अनुसार बालकले आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । र घटनाको अनुसन्धान भइरहकाले सुसाइट नोट सार्वजनिक नगरिएको खड्काले बताएका छन् ।