सिरहा , जेठ २५ गते । नेपाल र भारतको सीमामा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमा चतुर्बेदीले निगरानी बढाएका छन । एसपी चतुर्बेदी सीमामा निगरानी बढाउनसाथ एकदिनमै करीब २ लाख ८७ हजार ८ सय मुल्य बराबरको मालसमान बरामद भएको हो । केहि दिनदेखी सीमा नाकालाइ तस्कर संगठनहरूले कमाइ खाने भाडो बनाएकै बेला एसपी चतुर्बेदीको निगरानी बढेको बताइएको छ । सिरहाको औरही गाउँपालिका वडा नं. ४ स्थित हुलाकी सडक खणडमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले भारत बाट अबैध रुपमा ल्याउदै गरेको समान बरामद गरेको छ ।
सिरहा बिष्णुपुर गाउँपालिका वडा नं.–५ बस्ने वर्ष ३५ को बिरेन्द्र यादव र जिल्ला सिरहा महेशपुरपतारी गाउँपालिका वडा नं . ६ बस्ने बर्ष २८ को जयराम यादवले अबैध रुपमा भारतबाट भन्सार छली पैठारी गरी नेपाल ल्याई रहेको जम्मा मुल्य रु २ लाख ८७ हजार ८ सय । बरावरका बिभिन्न किसिमका लिडिज भेस्ट , बच्चाको जिन्स पाईनट क्याप टोपि र दुई वटा मोटरसाइकल लगायतका कपडाहरु बरामद गर्नुको साथै आज पुन : मालसामानहरु पक्राउ गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहा बाट खटिएको प्रहरी टोलिले जिल्ला सिरहा नगरपालिका वडा नं. ७ ट्राफिक चौक स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि चोरी पौठारि गरिरहेका अबस्थामा चिनी लगायत करिब २२ हजार २ सय मुल्य बराबरको मालसामान फेला पारी पक्राउ तथा बरामद गरेको हो । पक्राउ पर्ने व्यक्ति अनुसन्धाका लागि जिल्ला भन्सार कार्यालय खैरटोक्का माडर सिरहामा बुझाएको जनाइएको छ ।