काठमाडौँ, हेटौडाको सिमेन्ट उद्योग नजिकै एक बम फेला परेको छ ।
शिवम् सिमेन्ट उद्योगको दक्षिणतर्फको पर्खाल नजिकै प्रेसर कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले भने, ‘ कुकरमा खतरा लेखिएको छ । बाहिरबाट हेर्दा बम जस्तै देखिन्छ । ‘
नेपाली सेनाको डिस्पोजल टोली बम निष्क्रिय पार्नको लागी घटनास्थल पुगेको छ ।