काठमाडौँ, सुमधुर स्वरका धनी २ नेपाली बालक प्रितम आचार्य र आयुष केसी भारतीय टेलिभिजन जि टिभीबाट प्रसारण भइरहेको ‘सा रे ग म प लिल च्याम्प्स’को अन्तिम स्पर्धामा पुगेका छन् ।
निर्णायक र दर्शकको मतका आधारमा फाइनलमा पुगेका उनीहरुका साथै अन्य ४ जना पनि अन्तिम स्पर्धामा छन् । डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिशन, मेगा अडिशन हुँदै अन्तिम स्पर्धामा पुग्दा सेमी फाइनल राउण्डमा उनीहरु मध्ये प्रितमले ‘तडप तडप’ र आयुषले ‘तुम मिले दिल खिलें’ बोलको गीत गाएर अन्तिम राउण्डमा पुगेका हुन् ।
नौ जनाको सहभागिता रहेको सेमीफाइनलको प्रस्तुतिपछि निर्णायकहरू दुबैलाई उत्कृष्ट प्रतिक्रिया दिदैं तारिफ गरेका थिए । यस कार्यक्रमको फाइनल राउण्ड यसै साता प्रस्तुत हुनेछ ।