काठमाडौँ, स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउत र सरकार बीच ११ बुँदे सहमति भएको छ । आज शुक्रबार राष्ट्रियसभा गृहमा भएको विशेष कार्यक्रममा प्रधानमन्त्री केपी ओली र राउतले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका छन् । मौखिक रुपमा अखण्ड नेपाल स्वीकार गरिसकेका रावतले सहमति पत्रमा पनि राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डतालाई स्वीकार गर्ने सहमति जनाएका छन् ।
स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले भित्र भित्रै सरकारसंग वार्ता गरेर एक्कासी आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन् । देश नै टुक्र्याउन अगाडी बढेका रावतले अचानक सरकारसंग यस्तो सहमति गर्नुले नेपालको राजीतिक वृत्तमा ठुलै हलचल मच्चाएको छ ।
यस सहमति कार्यक्रममा प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड,गृहमन्त्री रामबहादुर थापा, मन्त्रीलगायतको सहभागीता रहेको थियो । सरकार र राउतबीच भएको सहमति गृहसचिव प्रेमकुमार राईले पढेर सुनाएका थिए ।