सरकारी टोली र डा. केसी पक्षबीचको वार्ता बिनानिष्कर्ष टुंगियो

काठमाडौँ — सरकारी वार्ता टोली र सत्याग्रही डा. गोविन्द केसी पक्षबीचको शुक्रबारको वार्ता बिनानिष्कर्ष टुंकिएको छ । दुवै पक्ष आ-आफ्ना अडानमा रहेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो । डा. केसीका तर्फबाट वार्ता समितिका संयोजक डा. जीवन क्षत्रीले सरकारले वार्ताका नाममा अल्झाउन खोजेको आरोप लगाए । ‘वार्ता मिलेन’, डा क्षेत्रीले कान्तिपुरसित भने, ‘सरकार पक्ष हिजोको विन्दुबाट पछाडि हट्यो । वार्ताको नाममा अल्झाउन आट्यो ।’

दुई पक्षबीचको वार्ता राति ९ बजेपछि सुरु भएको थियो । सरकारले दिनभर वार्ताको बेवास्ता गरेपछि केसी पक्षले शुक्रबार राति १० बजे पत्रकार सम्मेलन गरेर आफ्नो भनाइ सार्वजनिक गर्ने बताएको थियो । तर सरकार पक्षले एक घण्टा अगाडि छलफलका लागि बोलाइएको थियो । कन्तिपुरमा समाचार प्रकाशित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया