सपथ ग्रहणमा विनिद चौधारीलाई पनि निम्तो !

फाइल फोटो

काठमाडौँ, आज भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा भाग लिन नेपालका प्रधानमन्त्री के.पी शर्मा ओली आज भारत प्रस्थान गरेका छन् ।

त्यसै गरी सोही कार्यक्रममा भाग लिन नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी पनि भारत गएका छन् ।भारतको राष्ट्रपति कार्यालयबाट मोदीको सपथ ग्रहणमा सहभागिताका लागि निम्तो आएपछि चौधरी आज भारतका लागी प्रस्थान गरेका हुन् ।

उक्त समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखले भाग लिने भएका छन् ।

भारतीय संचार माध्यमका अनुसार मोदीको सपथग्रहण समारोहमा सार्क मुलुकभित्रै पर्ने पाकिस्तान,अफगानिस्तान र माल्दिब्सका सरकार प्रमुखलाई भने निम्ता दिइएको छैन जब उनले अघिल्लो कार्यकालमा पहिलो विदेश भ्रमण नै माल्दिब्सबाट शुरु गरेका थिए ।

उक्त समारोहमा मोरिसस र चेक गणतन्त्रका सरकार प्रमुख पनि सहभागी हुनेछन् । मोदीले आज साँझ ७ बजे राष्ट्रपति रामनाथ कोविन्दबाट सपथग्रहण गर्नेछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया