काठमाडौँ, पहिलो पटक यस्तो भएको छ, देशको झण्डा फहराउने गरेको सगरमाथाको चुचुरोमा कुनै फाउनडेसनको झण्डा फहराई रहेको छ ।
हजुर, विश्वकै अग्लो चुचुरो सगरमाथामा नायिका श्वेता खड्काले स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा बनाएर सामाजिक कार्य गर्दै आएको “स्वेताश्री फाउनडेसन” को झण्डा फहराएको छ ।
आरोही पेम्बा दोर्जे शेर्पाले नायिका श्वेता खड्का र स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको तस्वीर अंकित टिसर्ट लगाएर सगरमाथामा उक्त झण्डा गाढेका हुन् ।
चीन र भारतका १० जना टोलीसँगै गएका उनले जेष्ठ ८ मा आरोहण गरेका थिए । यो देखेर हर्षित भएकी स्वेता भन्छिन्, ‘ माझी बस्तीको अभियानबाट प्रभावित भएर आरोही पेम्बा दोर्जे शेर्पाले संस्थाको नामलाई सगरमाथाको चुचुरोमा पु¥याइदिनुभएछ । साथै मेरो जीवनसाथी श्रीकृष्ण श्रेष्ठ र मेरो तस्वीर अंकित टिसर्ट लगाएर हामीप्रति दर्शाउनुभएको आत्मियता, सद्भाव र प्रेमप्रति हामी आभारी छौ । ‘
नायक श्रीकृष्ण श्रेष्ठ आफ्नो मित्र पनि भएको बताउने आरोही पेम्बा दोर्जेले श्वेता खड्काले गरिरहेको सामाजिक सेवाको कामलाई अरु हौसला दिन उनले श्वेताश्रीको नाम सगरमाथाको चुचुरोमा पु¥याएको बताएका छन् ।
उनि भन्छन्, ‘ एउटी महिलाले पुरा बस्ती नै बनाउने जसरी हिम्मत जुटाइन्, त्यसप्रति हामीले गर्व गर्नुपर्छ । साथसाथै यो किसिमको कामलाई हामीले हौसला दिनुपर्छ । ‘