काठमाडौँ, लोक सेवा आयोगले केही दिन अघि प्रदेश र स्थानीय तहमा समेत कर्मचारी नियुक्त गर्ने गरी विज्ञापन खुलाएको थियो । लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता लिन सरकारलाई सत्तारूढ दलकै सांसदहरूको तर्फबाट चर्को दबाब पनि नआएको होइन ।
यस विषयमा समितिको शुक्रबार बसेको बैठकमा बोल्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद तथा पूर्व गृहमन्त्रीसमेत रहेका जनार्दन शर्माले लोक सेवा आयोगको विज्ञापन संविधानविपरीत भएको बताएका छन् ।
यसलाई तत्काल स्थगित गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिनुपर्ने नाग राख्दै उनले भने, ‘ संविधानमाथि नै प्रहार भयो । यसो भन्दा निर्णय गर्नेहरुलाई चित्त दुख्ला तर, विषय दुख्ने र नदुख्ने होइन । ‘
उनले थप गर्दै भने, ‘ संवैधानिक आयोगकै विरोधमा आन्दोलन हुन थाल्यो । यही हो संवैधानिक अराजकता । यसले राष्ट्रलाई स्वत: संकटमा पर्छ । ‘