काठमाडौँ, चितवनमा संचारकर्मीसंगको कुराकानीमा लोकसेवा आयोगको विज्ञापनबारे बोल्दै । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस बारेमा प्रधानमन्त्री स्वदेश फर्किएपछि मात्र निर्णय लिइने बताएका छन् ।
उनले भने, ‘ समितिले एक ढंगले निर्देशन गर्यो । सरकारले एक खालले आफ्नो भनाइ राखिराखेकै छ । प्रधानमन्त्रीजी आएपछि छलफल गरेर सकारात्मक निष्कर्षमा पुग्छौं । ‘
सरकारले विधेयकहरु ल्याउँदा राम्रो तैयारी नपुगेको पनि उनले स्वीकार गरेका छन् । विधेयकहरुमा आवश्यक परिमार्जन गरेर लैजाने उनले बताएका छन् ।
उनले भनेका छन्, ‘ जति गृहकार्य भएर आउनुपर्ने हो, त्यसमा केही कमी रहेको देखिन्छ । सरकार र पार्टी सतर्क भएको छ र आउने दिनेमा पर्याप्त गरेर गृहकार्य ल्याृउनेतिर जान्छ । ‘