काठमाडौँ, भोजपुरकी एक आमाले आफ्नै ३ बर्षीय छोरालाई अचानोना राखेर दुई टुक्रा पारेकी छिन् ।
भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी घर भएका शुर्य थापाकी श्रीमती सम्झना थापाले खुकुरीले रेटेर आफ्नै तीन वर्षीय छोराको हत्या गरेकी हुन् ।
उनले तीन वर्षीय छोरा सम्बोधन थापालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीके जनाएको छ । मानसिक सन्तुलन ठिक नभएको भनिएकी सम्झना माथि अनुसन्धान थालिएको छ ।
सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेको बुझिएको छ । घटना बारे थप विवरण आउँन बाँकी छ ।