यस्तो बन्दै छ विद्युतीय रेल मार्ग, ९३.६ किलोमिटर निर्माण सम्पन्न !

फाइल फोटो

काठमाडौँ, आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण अनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भैसकेको छ ।

बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६ किमी मार्ग निर्माण भैसकेको सर्वेक्षणमा उल्लेख छ ।

त्यस्तै यनगर–कुर्था ३५ र कुर्था–बिजुलपुरा १७ किमीको ट्रयाक बेडको निर्माण पनि सम्पन्न भैसकेको बताइएको छ । काठमाडौँ उपत्यका मेट्रोरेलअन्तर्गत सातदोबाटो–नारायणगोपालचोक २० किमीको विस्तृत अध्ययन प्रतिवेदन तयार भैसकेको छ भने खोकना–सातदोबाटो र नारायणगोपाल चोक बूढानीलकण्ठसम्मको १० किमीको सम्भाव्यता अध्ययन प्रक्रिया अघि सारिएको छ ।

त्यसैगरी बिजुलपुरा बर्दिवास खण्डको मुआब्जा वितरण शुरु भएको कुरा पनि बताइएको छ । सर्वेक्षणमा उल्लेख भए अनुसार चीन सरकारको सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भैसकेको छ भने पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत अध्ययनको प्रक्रिया अघि बढाइएको छ ।

वीरगञ्ज–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन भारत सरकारको सहयोगमा शुरु गरिएको छ । साथै सर्वेक्षणमा लिङ्क मार्गसहित एक हजार ५६ किमी रेलमार्गको विस्तृत अध्ययन सम्पन्न भएको पनि बताइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया