मेलम्ची खानेपानी आयोजनाको अनियमितता विरुद्ध विवेकशीलले हाल्यो अख्तियारमा उजुरी !

काठमाडौँ, पछिल्लो केहि समय देखि मेलम्ची खानेपानी आयोजनालाई लिएर निकै टिका टिप्पणी भैरहेको थियो । यस्तैमा विवेकशील नेपाली दलले उक्त आयोजनामा भएको भ्रष्टाचारको छानबिन गरी कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दर्ता गराएको छ ।

करिब डेढ महिनाअघि सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का तोडेको थियो । यसै विषयलाई लिएर विवाद उत्पन्न भएपश्चात खानेपानी मन्त्रालय भित्रै मन्त्री बिना मगर र सचिव गजेन्द्र ठाकुरबीच भनाभन भएको थियो। ठाकुरले मन्त्री मगर कमिशनको खेलमा पुनः सोही कम्पनीलाई आयोजना स्थलमा फर्काउन लागेको आरोप लगएका थिए।

ठेक्का तोडेको दुई सातापछि मन्त्रालयबाट सचिव ठाकुरको सरुवा पनि गरियो । जब सचिबले सीएमसी बोलाएर मन्त्रीले देश डुबाउन लागेको आरोप लगाए तब मंत्री मगरले सचिवले ठेकेदार कम्पनीसँग पैसा मागेको आरोप लगाइन् ।

आयोजनाको विषयमा यस्ता भित्री कुरा सञ्चारमाध्यमबाट बाहिर आएपछि उक्त दलले आयोजनामा चरम भ्रष्टाचार भएको भन्दै छानविनको लागि उजुरी दिएकाे हो । उक्त उजुरीमा सम्बन्धित मन्त्री, सचिव, कर्मचारीदेखि ठेकेदार कम्पनीमाथि छानबिनको माग गरिएको छ ।

अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइराला अनुसार उक्त दलकी युवा नेत्री रञ्जु दर्शनासहितको टोलीले अख्तियारमा उजुरी दर्ता गराएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया