काठमाडौँ, आजकलको बदलिँदो मौसमले जनजिवन कष्टकर बनाएको छ । लगातारको वर्षा र मेघ गर्जन संगै आजपनि बादल छाएको छ । आज पनि मौसममा खासै सुधार देखिँदैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार देशैभरि आंशिकदेखि सामान्य वदली रही पश्चिमी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा हावाहुरी, मेघ गर्जनसहित पानी पर्नेछ ।
महाशाखाले काठमाडौं उपत्यकासहित देशका मध्य र पश्चिम क्षेत्रका केही स्थानमा दिउँसोदेखि साँझपख मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको बताएको छ ।
त्यसैगरी साँझ देखि राती सम्म देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार प्रि मनसुको समय भएकाले मनसुन पूर्वको समयमा हावाहुरी, चट्याङ र वर्षा हुनु सामान्य प्रक्रिया हो । साथै माहाशाखाले यस बर्ष मनसुन भने विगत भन्दा ढिलोगरी सुरु हुने अनुमान लगाएको छ ।