मालपोत कार्यालय परिसरमा टाइम बम !

फाइल फोटो

काठमाडौँ, एका बिहानै धनगढी मालपोत कार्यालय परिसरमा टाइम बम फेला परेको छ । नेपाली सेनाको टोलीले उक्त बमलाई निष्क्रिय पारेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश डाँगीका अनुसार कालो झोलाभित्र राखिएको शंकास्पद बस्तु बम रहेको पुष्टी भएको हो । ४ लिटरको बाल्टीनमा विस्फोटक पदार्थ राखेर टाइम बम बनाइएको प्रहरीले जनाएको छ ।

साथै त्यसमा घडी पनि रहेको थियो । वडा प्रहरी कार्यालय धनगढीबाट करिब डेढ सय मिटर टाढा उक्त बम राखिएको थियो । प्रहरीका अनुसार उक्त बम नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले राखेको हुन सक्दछ ।

साथै प्रहरीले बम सोमबार राती राखिएको हुन सक्ने अनुमान लगाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया