भाबुक मुद्रामा बेलायती प्रधानमन्त्री टेरेजा मेले गरिन् पदबाट राजीनामाकाे घोषणा

लन्डन । बेलायती प्रधानमन्त्री टेरिजा मेले कन्जरभेटिभ पार्टीको प्रमुख पदबाट राजीनामा दिने घोषणा गरेकी छिन्। आगामी जुन ७ मा मेले नयाँ प्रधानमन्त्रीका लागि स्थान खाली गर्न राजीनामा गर्ने घोषणा गरेकी हुन्।

भाबुक मुद्रामा आज लन्डनस्थित डाउनिङ स्ट्रिटमा भाषण गर्दै उनले आफ्नो कार्यकालमा युरोपेली युनियनबाट बाहिरिने सम्बन्धमा सन् २०१६ मा भएको जनमतसंग्रहअनुसार आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्न सकेको दाबी गरेकी छिन्। तर, युरोपेली युनियनबाट बाहिरिने सम्झौता (ब्रेक्जिट)लाई भने कार्यान्वयनमा ल्याउन नसकेकोमा गहिरो दुःख व्यक्त गरेकी छिन्।

सम्बोधनका क्रममा काँपेको आवाजमा मेले प्रधानमन्त्रीको पदमा रहेर काम गर्न पाउनु जीवनकै गर्वयुक्त कुरा भएको बताएकी छिन् । उनले ब्रेक्जिटलाई निचोडमा पुर्‍याउन ३ पटकसम्म संसदमा प्रस्ताव पेस गरे पनि आफू असफल भएको भनाइ राखेकी थिइन् ।

यसअघि बेलायतमा हाउस अफ कमन्सकी एक प्रभावशाली मन्त्री एन्ड्रिया लेड्समले सरकारको कार्यशैलीबाट असन्तुष्ट हुँदै राजीनामा दिएपछि प्रधानमन्त्री टेरेजा मे माथि पनि पदत्याग गर्न दबाव बढेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया