काठमाडौँ, भक्तपुरको सल्लाघारीमा स्कार्पियो रुखमा ठोक्किँदा चार जना घाइते भएका छन् । आज बिहान करिब ३ः०० बजे दुधपाटीबाट सल्लाघारीतर्फ तिब्रगतिमा हान्निदै गएको बा१४प ६३२९ नंको स्कार्पियो सैनिक आवासीय महाविद्यालय अगाडि सडक किनाराको रुखमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते हुनेमा गुल्मी घर भई हाल नयाँबानेश्वर बस्ने २३ वर्षीय गाडी चालक राजन कुँवर, चालकको सिटसँगै बस्ने गुल्मी घरभई हाल कोटेश्वर बस्ने २४ वर्षीय सुन्दर बस्याल, २० वर्षीय रिसव खत्री र २० वर्षीय अमन केसी रहेका छन् ।
। घटनालगत्तै सैनिक आवासीय माविका सैनिकले घाइतेको उद्धार गरि उपचारको लागी भक्तपुर अस्पताल लागेको थियो । घाइतेमध्ये सुन्दरको निधारलगायतका शरीरका अन्य भागमा समेत गंभिर चोट लागेको छ ।
प्रत्यक्षदर्शी भक्तपुर अस्पतालका एम्बुलेन्स चालक कृष्णराम कोजुका अनुसार स्कार्पियो अगाडिको भागले च्यापिएकुा सुन्दरलाई निकाल्न ढोका नै निकाल्नुपरेको थियो ।
उक्त स्कर्पियोले सल्लाघारीबाट दुधपार्टीतर्फ आउँदै गरेको बा२ज २७८९ नंको ट्याक्सीलाई समेत ठक्कर दिँदा ट्याक्सीको अगाडि भागमा सामान्य क्षति भएको छ ।