बिजुली बजारमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु !

फाइल फोटो

काठमाडौँ, काठमाडौँको बिजुली बजारमा आज मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

आज बिहान ४ः३० बजे साइकल संग ठक्कर खाँदा भएको यस दुर्घटनामा मोटरसाइकलचालक ललितपुर महानगरपालिका–१२ घर भएका ३७ वर्षीय अम्मरराज ताम्राकारको एभरेष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बा४१प ५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–५ घर भई कोटेश्वर बस्ने २१ वर्षीया नीमा लामा घाइते भइ थप उपचारको लागी ट्रमा सेन्टर पठाइएको छ ।

साइकल चालक फरार रहेकाले खोजी भइ रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया