प्रधानमन्त्री : ‘ गरिबी र लोकतान्त्रिक गणतन्त्रसँगसँगै रहन सक्दैनन् ‘ !

काठमाडौँ, आज गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री के.पी शर्मा ओलीले गरिबी र गणतन्त्र सँगसँगै रहन नसक्ने बताउँदै सरकारले गणतन्त्रबाट गरिबी हटाउन सुशासन र विकासलाई प्राथमिकता दिएको बताएका छन्  ।

साथै उनले सरकारको मुख्य गन्तव्य जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवं स्थिरता ल्याउने बताएका छन् ।

उक्त संदेशमा उल्लेख छ, ‘ हाम्रो ध्येय गरिबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्ध केन्द्रित छ । गरिबी र लोकतान्त्रिक गणतन्त्रसँगसँगै रहन सक्दैनन् । त्यसैले सुशासन र विकास आज हाम्रा प्राथमिकता हुन् । त्यसैले यो प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छाशक्तिका साथ समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर छ । गणतन्त्र केबल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रूपान्तरणको व्यवस्था हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया