प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच भेटवार्ता !

फाइल फोटो

काठमाडौँ, प्रधानमंत्री के.पी शर्मा ओली केही दिन यता युरोप भ्रमणमा रहेका छन् । यसै क्रममा मंगलबार प्रधानमंत्री ओली र बेलायतकी प्रधानमन्त्री थेरेसा मेबीच भेटवार्ता भएको छ ।

ओली र मेबीच द्वीपक्षीय हित विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन् । अर्यालका अनुसार भेटमा नेपाल र बेलायत विकास साझेदारी, पर्यटन प्रवर्द्धन र व्रिटिस गोरखासम्बन्धी विषयमा छलफल भएको हो ।

भ्रमण कै क्रममा प्रधानमन्त्री ओलीले बेलायतका राजकुमार ह्यारीसँग लण्डनको केनसिंटन प्यालेसमा भेट गरेका थिए । एजेन्सीहरुका अनुसार उक्त भेटमा ओली र ह्यारीबीच नेपाल र बेलायतको सम्बन्धबारे छलफल भएको थियो ।

ओलीका अनुसार नेपाल र बेलायतबीच २०३ वर्षयता भएको कूटनीतिक सम्बन्धबारे पनि छलफल भएको र सो सम्बन्ध अझ प्रगाढ हुने विश्वास छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया