काठमाडौँ, प्रधानमंत्री के. पी शर्मा ओली नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन भोली जेठ १६ आज दिल्ली जाँदै छन् । सोमबार भारतबाट औपचारिक निम्ता आएपछि प्रधानमन्त्री ओली उक्त समारोहमा सहभागी हुने भएका हुन् ।
प्रधानमन्त्री ओली सपथ ग्रहण समारोहमा भाग लिए पश्चात मोदीसँग द्विपक्षीय वार्ता गरि भोली नै स्वदेश फर्कनेछन् । उक्त समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखले भाग लिने भएका छन् ।
भारतीय संचार माध्यमका अनुसार मोदीको सपथग्रहण समारोहमा सार्क मुलुकभित्रै पर्ने पाकिस्तान,अफगानिस्तान र माल्दिब्सका सरकार प्रमुखलाई भने निम्ता दिइएको छैन जब उनले अघिल्लो कार्यकालमा पहिलो विदेश भ्रमण नै माल्दिब्सबाट शुरु गरेका थिए ।
उक्त समारोहमा मोरिसस र चेक गणतन्त्रका सरकार प्रमुख पनि सहभागी हुनेछन् । मोदीले बिहिबार साँझ ७ बजे राष्ट्रपति रामनाथ कोविन्दबाट सपथग्रहण गर्नेछन् ।