प्रदेश सांसद नेकपा प्रवेश गर्दै !

साभार तस्विर

काठमाडौँ, मनाङ ‘ख’ बाट स्वतन्त्र सांसद निर्वाचित भएका गण्डकी प्रदेशका प्रदेश सांसद राजीव गुरुङ (दिपक मनाङे) नेकपामा प्रवेश गर्दै छन् ।

उनका निजी सचिव जगदिशनाथ योगीले नेकपाकै समर्थनमा गुरुङले बिहीबार नेकपा प्रवेश गर्ने तयारी गरेको बताएका छन् । योगी भन्छन्, ‘ स्वतन्त्र सांसद भएरभन्दा पनि संगठनमा रहेर पार्टी र जनताको काम गर्न इच्छा भएकोले पार्टी प्रवेश गर्न लाग्नुभएको हो । ‘

गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले उनलाई पार्टी प्रवेश गराउने भएका छन् । हाल सांसद गुरुङ संसदमा नेकपालाई समर्थन जनाउँदै सत्ता पक्षकै रो मा बस्दै आएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया