पोर्चुगलमा सडक दुर्घटना हुँदा १ नेपालीको मृत्यु !

फाइल फोटो

काठमाडौँ, पोर्चुगलमा सडक दुर्घटना हुँदा १ नेपालीको मृत्यु भएको छ । शुक्रबार पोर्चुगलको भिलानोभु मिल्फन्तोसमा भएको दुर्घटनामा १ नेपालीको ज्यान गएको हो ।

मृत्यु हुने मुसीकोट नगरपालिका–६ का ३६ वर्षीय रमेशकुमार शर्मा रिजाल रहेका छन् । शुक्रबार स्थानीय समयानुसार करिब राती ९:३० बजे तिर तिब्र गतिमा आइरहेको मोटरसाइकलले साइकलमा सवार रिजाललाई ठक्कर दिँदा उनि गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते रिजालको सोही दिन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको लिस्बनमै रहेका उनका दाजु अमृतले जानकारी दिएका छन् । पारिवारिक श्रोतका अनुसार उनको दाहसंस्कार पोर्चुगलमै गरिनेछ ।

एक बर्ष अघि मात्र पिर्चुगल गएका उनको दाहसंस्कारका लागि आवश्यक कानूनी प्रक्रिया सुरु गरिएको एनआरएनए पोर्चुगलका अध्यक्ष कुवेर कार्कीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया