काठमाडौँ, नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्राेलको मूल्य घटाएको छ ।
उपनिर्देशक विनिमणी उपाध्यायका अनुसार निगमले पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । अब देखि काठमाडौंको (थानकाेट डिपाेकाे १५ कि.मि. परिसर सम्म) पेट्रोलकाे नयाँ खुद्रा विक्री मूल्य ११० रुपैयाँ हुने उनले बताएका छन् ।
निगमको जानकारी अनुसार खाना पकाउने ग्यास,डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ ।